Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अख्तियारलाई पनि टेरेनन् मेहताले

काठमाडौ, २१ कार्तिक। नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अवज्ञा गर्दै कारबाहीमा परेका कर्मचारीलाई उन्मुक्ति दिएका छन्।

ड्युटी फ्री सुविधाको रक्सी चोरी प्रकरणमा अख्तियारले लिमिटेडका चारजना कर्मचारीलाई विभागीय कारबाही गर्न निर्देशन दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ।

कारबाहीका लागि सिफारिस गरिएका कर्मचारीमध्ये एकजनालाई सम्पूर्ण सुविधासहित अवकाश दिइएको छ भने बाँकी तीनजनालाई आकर्षक ठाउँमा सरुवा गरिएको छ।

अख्तियारले गत असोज ३ गते रामशाहपथस्थित बन्डेड वेयर हाउस तथा डिउटी फ्री सप सेन्टरका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेल, जिन्सी प्रमुख बिना प्याकुरेल, हालका जिन्सी प्रमुख विजयकुमार सिंह र केन्द्रीय कार्यालयका अधिकृत रोहितजंग राणालाई तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको थियो।





Comments

comments

2698