अख्तियार आयुक्तमाथि महाभियोग लगाउने सांसदको तयारी

काठमाडौं -अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउने बहानामा ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसदमा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ।

भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको समााचार नागरिक दैनिकमा प्रकाशित छ।

घुस लिएको आरोप लागेको पाठकले पदबाट राजीनामा नदिएमा संसद्दे टुलुटुलु हेरेर बस्न नसक्ने नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले बताए । कु्नै पनि सार्वजनिक पदमा बस्ने व्यक्तिले अनेीतक काम गर्दा संसद्ले हेरेर नबस्ने अनको भनाई छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

26925