नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उक्त परिमाणको सुन बरामद गरेको समाचार नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन्।

बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताउनुभयो । सुन सँगै दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गंगालालको घरमा खानतलासि गर्दा उक्त सुन भेट्टिएको हो।

सुन तस्करीमा संग्लन रहेको भन्दै प्रहरी र सीआईबीको टोलीले प्रहरी जवान सुरज तिरुवा र उनका भाई लक्ष्मण तिरुवा पक्राउ गरेको छ । सुरज तिरुवा र लक्ष्मण तिरुवाले आफुलाई थाहा नै नदिई घरमा समान राखेको र उक्त समान के हो भन्ने आफुलाई थाहा नभएको गंगालालको तर्क छ । सुरज जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान हुन, भने गंगालाल सुरजका ससुरा हुन् । तर लक्ष्मण भने स्थानीय भएको डिएसपी कृष्ण ओझाले बताउनुभयो।

लक्ष्मण र प्रहरी जवान समेत रहेका सुरजले ससुरालीलाई थाहा नै नदिई सुन लुकाएको ससुरा गंगालालले बताउनुभयो । गंगालालको घरबाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो जोख्दा तौल १८ किलो भएको कञ्चनपुर प्रहरीले बताएको छ उक्त सुन भारतीय ब्यापारीको भएको बताइएको छ । उक्त सुनको मुल्य ९ करोड पर्ने बताइएको छ।





Comments

comments

Leave a Reply

26923