२१ घण्टा चल्ने विमानस्थल दैनिक १४ घन्टा मात्रै खुल्ने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ। धावनमार्ग मर्मतको लागि विमानस्थल दैनिक १० घन्टा बन्द गर्न लागिएको हो।

अहिले विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा छ। चैत १८ गतेबाट भने विमानस्थल दैनिक १४ घन्टा मात्रै सञ्चालनमा आउनेछ। विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कालोपत्रे उप्काएर नयाँ कालोपत्रे गर्न दैनिक १० घन्टा बन्द गर्न लागिएको हो। अहिले धावनमार्ग पुरानो भएर समस्या छ। धावनमार्ग कालोपत्रे तथा अन्य मर्मतको काम जेठ १० गतेसम्म सकिने अनुमान गरिएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मर्मतको बेला विहान ८ देखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल खुल्नेछ। त्यसको लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएका आन्तरिक र बाह्य सबै विमान कम्पनीलाई जानकारी गराइसकेको खबर नागरिक दैनिकमा खिलक बुढाथोकी लेखेका छन्।





Comments

comments

Leave a Reply

27143