सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान

लहान – सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो।

राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरीको टोलीले पुस २८ गत्ते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो। कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। मिथिलेश यादवले नागरिक दैनिकमा खबर लेखेका छन्।





Comments

comments

Leave a Reply

27145