श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब उपमेयरले गरे फिर्ता

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आउको तलब एकमुष्ठ फिर्ता गरेका छन्।

उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन्।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको भएको स्वीकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोषको खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन्। केशवप्रसाव भट्टराईले नयाँ पत्रिकामा समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27186