भारतले ट्रमा सेन्टरललाई दिएको ८ करोडको मेसिन स्टोरमै थन्कियो

काठमाडौं – सरकारी अस्पातलले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्षदेखि थन्किएर बसेको छ । भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ ल्याब पनि उसैले अनुदान दिएको हो । तर सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यपस्थापन भएको छैन । मेसिन ०७२ मै आएको हो । अहिलेसम्म जडान हुन सकेको छैन।

चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएरको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । घाइतेलाई अस्पताल ल्याउनसाथ निजीतिर पठाउने गरिएको समाचार अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेखेका छन्।





Comments

comments

Leave a Reply

27189