उद्धार र विपद् व्यवस्थापनका लागि प्रहरीले माग्यो सातवटा हेलिकप्टर

काठमाडौं – नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ।

खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन्।

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन।

२०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन।

दुर्घटनापछिको खोज तथा उद्धारमा जनशक्ति व्यवस्थापनमा हेलिकोप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन । प्राकृतिक विपद्पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकोप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ।





Comments

comments

Leave a Reply

27191