पूर्वराजाले भारतीय उच्च अधिकारीसँग भेटघाट गर्न

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जानुहुने भएको छ।

उहाँ सबै परिवारसँगै यही महिनाको अन्तिममा भारत भ्रमणमा जानुहुने भएको स्रोतले बताएको खबर नेपाल समाचारपत्रले लेखेको छ।

भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत भ्रमणमा जान लाग्नुभएको हो । उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै हुनुहुन्छ । उहाँहरु पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ । यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ।





Comments

comments

Leave a Reply

27193