न्युज डेस्क / एचकेनेपाल डट कम –
१८ मार्च , हङकङ । हङकङको सेन्ट्रल र एडमिरल स्टेशननजिक एमटीआरका दुई रेलहरु एक-अर्कासँग ठोकिएपछि सोमबारका रेल सेवा प्रभावित भएको छ।
दुर्घटनामा घाइते दुबै चालकलाई उपचारको लागि क्वीन मेरी अस्पताल पोक फु लाममा लगिएको छ। ३१ वर्षीय मोक नामका चालकको खुट्टामा चोट लागेको छ भने २४ वर्षीय अर्का चालक चुङलाई धुँवाका कारण स्वास प्रस्वासमा समस्या परेको प्रहरीले जनाएको छ।
घटना राति करीव ३ बजे नयाँ सिग्नल परीक्षणको क्रममा भएको हुंदा ठूलो मानवीय क्षति नभएको स्रोतले बताएको छ।
दुर्घटनापछि एमटीआर कर्पोरेशनले नयाँ सिग्नल प्रणालीको परीक्षणलाई अस्थायीरुपमा निलम्बन गरेको छ। दुर्घटनास्थलबाट ती रेलहरु हटाउन केही समय लाग्ने बताइएको छ।
यसैबीच, एमटीरआरमै सोमवार बिहान अर्को दोस्रो घटना घटेको छ। ताई वाई र मंग कोक लाइन कोलून टोंग रेल ट्रयाकमा एउटी महिला खसेपछि रेल सेवा प्रभावित भएको छ। रेल मुनि परेका घाइते महिलाको उद्धारको प्रयाश भइरहेको प्रहरीले जनाएको छ।
गत अक्टोबर पनि सिग्नल फेलरका कारण एमटीआरले निक्कै लामो समय अवरोधको सामना गर्नुपरेको थियो।
फोटो: एमटीआर कर्पोरेशन