यूकेबासी बाँसुरीवाधकहरुको दोस्रो भेला सम्पन्न

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –

केन्ट– यूके, बाँसुरी समुह यूकेको दोश्रो भेला १७ तारिख आइतवारका दिन एम्पायर हल, अल्डरसटमा सम्पन्न भएको छ।

बेलायतमा यस समूहको स्थापना सन २०१७ तिर फेसबुकमार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन्।

यूकेमा रहेर पनि नेपाली लोकबादनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त समूहको मुख्य उदेश्य रहेको छ। त्यसै अनुरुप सदस्यहरु बढ्दै गएसँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थालेपछि कार्यसमिति खडा गरेर सांगठनिक रुपले अघि बड्न सजिलो हुने भएकोले कार्य समितिको गठन गरिएको हो।

“बाँसुरी समुह यूके” ले गत वर्ष “बासुरी चौतारी बेलायत” को नामले पहिलो भेला सन २०१८ मा गरेको थियो। जुन क्लोज ग्रुप भएको हुनाले यस वर्षबाट ओपन फेसबूक पेज जस्लाई “बाँसुरी समुह यूके”नाम राखेर आइतवारदेखि नै सञ्चालनमा ल्याएको छ।

बिगत वर्ष जस्तै यस वर्ष पनि बाँसुरीमा डिप्लोमा गरेका, शास्त्रीय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दशक खोज अनुसन्धान गरेका दिपक चाम्लिङ्ले केही ज्ञानहरु समूहलाई बाँडेका थिए। त्यस पश्चात उनले केही मिठा बाँसुरीका धुनहरु पनि सुनाएका थिए।

कार्यक्रमको अन्त्यपछि भेटघाट रेष्टुरामा गएर रात्रिभोज साथै राति ९बजेसम्म बाँसुरी बजाएर सबैलाई भरपूर मनोरञ्जन दिलाएका थिए।

“बाँसुरी समुह यूके”को नयाँ कार्यसमिती यस प्रकार रहेको छः

अध्यक्षः खड्क क्षेत्री
सचिवः सेमन्त राई
कोषाध्यक्षः लोक थापा
ब्यवस्थापनः कुल थापा
पिआर तथा मेडियाः सुरेन्द्र इङ्नाम
सल्लाहकारः दिपक चाम्लिङ् “प्रतिसुच्चा”

सदस्यहरुः
बिस पुन
भरत राई
कमल थापा
मेघ गुरुङ
भुपाल गुरुङ
पदम गुरुङ





Comments

comments

Leave a Reply

27385