एक व्यक्ति जसले गाउँलेलाई ऋणमा डुबाएर भागे

धनुषा – धनुषाको बटेश्वर गाउँपालिका– ५ मा पर्छ— शान्तिपुर गाउँ । बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ । बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन् । कसैले घरको ढोका थुन्छन् त कोही बस्ती छाडेर हिँड्छन्।

चार वर्षअघिको कुरा हो, शान्तिपुरकी सहजादी खातुनले लघुवित्त बैंक र साहुबाट तीन लाख २० हजार कर्जा लिइन् । निर्धन लघुवित्त वित्तीय संस्थाबाट ५० हजार, स्वावलम्बन लघवित्त वित्तीय संस्थाबाट ३० हजार, फरवाड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र जनकपुरका महाजनसँग १० धुर घडेरी बन्धकीमा राखी १ लाख गरी तीन लाख २० हजार ऋण लिइन्।

सहजादीले बैंक र साहुसँग लिएको ऋण गाउँकै सुरेन्द्र सिंहलाई सापटी दिइन् । तर सबै रुपैयाँ लिएर सिंह शान्तिपुर गाउँ छाडी भागेपछि सहजादीको बिचल्ली भएको समाचार राजकरण महतोले अन्नपूर्णमा लेखेका छन्।

सहजादीसँग मात्रै सापटी लिएर भागेका होइनन्, सुरेन्द्र। उनी जस्तै शान्तिपुरका दर्जनौंसँग सापटी रकम लिएर उनी भागेका हुन् । सुरेन्द्रले करिब १५ लाख रुपैयाँ लिएर गाउँ छाडेको स्थानीयको भनाइ छ । साँवाब्याज गरेर अहिले त्यो रकम ४० लाख रुपैयाँ हुन आउँछ।





Comments

comments

Leave a Reply

27406