बेइजिङ – राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन्। भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टुंगो लागिसकेको छैन । अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएका छन्।
राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो। चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सिको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको बताए । चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा यो समाचार लेखेका छन्।