वाइडबडी खरिदमा संलग्न २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नकको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडीका सम्बन्धमा धमाधम बयान लिने काम भइरहेको जानकारी दिए ।

‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ,’ उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ।’

अख्तियारको सार्वजनिक सुचना जारी गरी आयरल्याण्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीमा जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई बयानका लागि बोलाएको छ । उनीहरुलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन गरिएको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए । सुरेन्द्र काफ्लेले अन्नपूर्णमा समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27585