पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ।

यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन्।

उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पूर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो।

उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत थिए।





Comments

comments

Leave a Reply

27593