एसईईको प्रश्नपत्र चोर प्रहरी नै

राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रका लागि सुरक्षामा खटिएका प्रहरीले प्रश्नपत्र चोरी गरी सार्वजनिक गरेको खुलासा प्रहरीले गरेको छ।

प्रश्नपत्र चोरी गर्ने कार्यमा संलग्न रहेका प्रहरीले आफ्नो साथीलाई परीक्षामा पास गराउने र प्रश्नपत्र बेचेर मनग्ने आम्दानी गर्ने उदेश्यले चोरी गरेको रहस्य खुलेको प्रहरीको अनुसन्धानले देखाएको खबर शिवहरीप्रसाद भट्टराईले नेपाल समाचारपत्रमा लेखेका छन्।

यसरी प्रश्नपत्र चोरी गर्ने कामको मुख्य योजनाकार सिरहाको प्रहरी चौकी कल्याणपुरमा कार्यरत रहेका प्रहरी जवान ब्रम्हदेव सुनरैत रहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ।

सो काण्डमा प्रहरी जवान सुनरैतका दाजु विष्णुदेव सुनरैत, सप्तरीको कञ्चनरुप नगरपालिका–६ घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्रकुमार मण्डल, राजविराज नगरपालिका १६का शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ का राजेश यादव र उमेश यादव रहेको ब्युरोले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

27688