Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

टाइसुट लगाएर सिंहदरबारबाटै मोटरसाइकल चोरी

काठमाडौं, २८ कार्तिक। देशको प्रशासनिक मुख्यालय सिंहदरबारभित्र सर्वसाधारणलाई छिर्न निकै गाह्रो पर्छ। तर यहाँभित्र चोरलाई भने छिर्न सहज छ। बारम्बार चोरीका घटना हुने सिंहदरबारभित्रबाट हालै एउटा मोटरसाइकल हराएको छ।

झन्डै महिना दिनअघि परराष्ट्र मन्त्रालय परिसरबाट मोटरसाइकल चोरी भएको हो। परराष्ट्रमा करारमा कार्यरत एक कर्मचारीको बा.६३ प५८४३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो। सुटटाई लगाएका व्यक्तिले मोटरसाइकल चोरी गरेको सिसिटीभी रेकर्डमा देखिएको छ। तर,चोरी गर्ने व्यक्तिको हालसम्म पहिचान खुल्न नसकेको समाचार नयाँपत्रिका दैनिकमा छापिएको छ।

सिसिटिभी रेकर्डमा चोरले करिब एक घन्टा मोटरसाइकल रहेको स्थान निरीक्षण गरेर अर्को मोटरसाइकलको हेलमेट निकाली मोटरसाइकल डोहोर्याउँदै लगेका थिए। गेटमा रहेका प्रहरीले त्यसरी मोटरसाइकल लिएर जाँदा पनि कुनै सोधपुछ नगरेको देखिएको छ।





Comments

comments

2817