चिङ मा ब्रिजमा ५ वटा बस ठोक्किदा १० घाईते

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ अप्रिल। हङकङ अन्तर्राष्ट्रिय विमानस्थल जाने मुख्य पुल चिङ मा ब्रिजमा आइतवार ५ वटा ठूला यात्रुबाहक बस एक आपसमा ठोक्किदा १० जना घाइते भएका छन्।

दिउंसो करीव ४ बजे ४ वटा एयरपोर्ट बस र एक पार्क आइल्याण्ड बस एक आपसमा ठोक्किएको समाचारमा जनाइएको छ। सामान्य घाइते भएका यात्रुलाई घटनास्थलमै उपचार गरिएको छ। घटनाका कारण करीब २ घण्टा सडक अबरुद्ध भएको थियो। सडक अबरुद्ध भएपछि यातायात विभागले यात्रुहरुलाई एमटिआर (रेलमार्ग) प्रयोग गर्न आग्रह गरेको थियो।

अत्याधुनिक तवरले निर्माण गरिएको सोही पुलमा आकस्मिक भूमिगत सडक र सोही पुलमुनि टुङ चुङ र एयरपोर्ट चल्ने रेलमार्ग संचालित छ। यो पुल निर्माणमा नेपाली कामदारको ठूलो योगदान रहेको छ।

रेल र सडक यातायात दुबै एकसाथ चल्न सक्ने यो पुललाई विश्वकै लामो र आकर्षक पुल मानिन्छ। यो पुल १९९७ देखि संचालनमा आएको हो।

फोटो सौजन्यः @EmptyTransport फेसबूक





Comments

comments

28501