गायक सनुप पौडेलको ‘थाकिसकें’ सार्बजनिक

काठमाडौँ, गायक तथा ‘भ्वाइस अफ नेपाल’ का जज सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्बजनिक भएको छ।

विदेशमा बस्ने परदेशीको पीडालाई देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्कि सकेका गायक सनुप पौडेलको यस गीतमा सकारात्मक संदेश प्रबाह गर्न खोजिएको छ।

एभरेष्ट केसीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन्।

गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको म्युजिक भिडियोलाई रामकुमार केसी र नबिनकुमार श्रेष्ठले छायांकन गरेका हुन्। सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन्।





Comments

comments

28596