बद्रि पंगेनीले गाए क्रिकेट गीत ‘रङ्गशाला बन्छ नेपालीको’

चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन्।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन्।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन्। गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन्।

हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ।

खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ।





Comments

comments

28605