काठमाडौँ, सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक, रेल, जलविद्युत आयोजना, सुरुङमार्गलगायत पूर्वाधारको विकासमा अत्याधिक बजेट व्यवस्था गर्ने संकेत गरेको छ।
ठूला र दीर्घकालीन महत्व राख्ने त्यस्ता परियोजनालाई सरकारले कसरी पैसा जम्मा गर्छ भन्ने स्पष्ट खाका भने देखिएको छैन।
सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी–यी परियोजना सम्पन्न तथा सुरु गर्ने भनेर घोषणा गरेपनि त्यसका लागि पैसा जम्मा गर्ने स्रोत भने कमजोर देखाएको छ। यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छापिएको छ।