तमूधिं यूकेको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रामचन्द्र गुरुङ

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम-
लण्डन। प्रत्येक दुईवर्षमा सम्पन्न गरिने बेलायतको सबैभन्दा ठूलो संस्था तमूधिं यूकेको दिनांक १६ नोभेम्बर २०१४ को दिन मिचेट, ह्याम्पशायर स्थित तमूधिं यूकेको सभाहलमा संस्थाको आठौ अधिवेशन सफलता साथ सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न यस अधिवेशनलाई संस्थाका महासचिव नन्दजंग गुरुङले सञ्चालन गरेका थिए। यस अधिवेशनमा विगतका अधिवेशनहरु भन्दा बढि सदस्यहरुको सहभागिता रहेको थियो। लगभग डेढसय तमुधिं यूकेसंग प्रत्यक्ष आबद्ध व्यक्तित्वहरुको उपस्थितिले अधिवेशनको गरिमा बढाएको महशुस सबैलाई भईरहेको थियो।

संस्थाका संस्थापाक अध्यक्ष मिन गुरुङ तथा वर्तमान अध्यक्ष कमल गुरुङले पानसमा द्वीप प्रज्वलन गरेर अधिवेशन प्रारम्भ गरेका थिए। संस्थाका सल्लाहकारहरु, पूर्वअध्यक्षहरु तथा आजीवन सदस्यहरुको सहभागिता रहेको यस अधिेवशनलाई संस्थाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे)ले स्वागत मन्तव्य प्रकट गरेर सहभागी सबैलाई स्वागत गरेका थिए।

अधिवेशनको प्रारम्भिक चरणमा संस्थाका पूर्व अध्यक्षहरुले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य प्रकट गरेका थिए। शुभकामना प्रकट गर्नेक्रममा संस्थाका आमा समूहकी अध्यक्ष तथा संस्थाकी प्रथम महिला पुनम गुरुङले आफ्नो मन्तव्य प्रकट गर्नेक्रममा आमा समूह गठन भएपछि तमुधिं बेलायतका हाल रहेको भवनका लागि किचेन (चौका घर) निर्माणका लागि चन्दा सङ्कलन अभियान विभिन्न कार्यक्रमहरु शुरु गरेर सम्पन्न गरेको तथा जम्मा भएको रकम विवरण प्रस्तुत गरेकी थिईन्। त्यसपश्चात, संस्थाका अध्यक्ष कमल गुरुङले आफ्नो छोटो मन्तव्य राखेपछि महासचिवको प्रत्तिवेदन, महासचिव नन्दजंग गुरुङले र कोषाध्यक्षको प्रत्तिवेदन, कोषाध्यक्ष मेजर रिटायर बुद्धि गुरुङले प्रस्तुत गरेका थिए।

महासचिवको प्रत्तिवेदनका लागि हलबाट सल्लाहकार ओमेन्द्र गुरुङले टिप्पणी पेश गरेपछि पारित भएको थियो भने कोषाध्यक्षको प्रत्तिवेदनमाथि सल्लाहकारद्वय क्या.रि ग्यारी घले तथा सुमलकुमार गुरुङले केहि विवरणलाई प्रस्ट्याउने आग्रह गरेपछि कोषाध्यक्षद्वारा विवरणको प्रस्ट्याईएको थियो तथा संस्थाको कोषको प्रत्तिवेदनलाई हलले पारित गरियो।

संस्थाको विधानमाथि पनि हलबाट जिज्ञासा उठेको थियो। यसका लागि एउटा उपसमितिको गठन गरि अर्को पटक पेश गर्ने अभिव्यक्ति विधान निर्माणका सदस्य तथा संस्थाका सल्लाहकार भक्त गुरुङले व्यक्त गरेका थिए। दिनको खानापछि फेरी अधिवेशन तमुधिं यूकेका सातवटा ईकाईका अध्यक्षहरुको प्रत्तिवेदनबाट शुरु भएको थियो। एक घण्टा ढिलो सञ्चालन भएको यस अधिवेशनको प्रथम चरणको कार्यक्रम विधिवत अन्ततः अध्यक्षद्वारा समापन गरेर सातौ कार्यकारी समिति भंग भएको घोषणा गरेका थिए।

बन्दसत्रको लगत्तै क्या.रि. तिर्थमान गुरुङ, एकेन्द्र गुरुङ तथा हरिकाजी ग‘रुङ रहेका तीन जना निर्वाचन मण्डलीले नयाँ आठौ कार्यकारी समितिको चयन सफलता सात निर्विरोध गरेको थियो। आठौ कार्यकारी समितिका लागि रामचन्द्र गुरुङको अध्यक्षतामा निम्नअनुसार पदाधकिारीहरु तथा सदस्यहरुको चयन भएको छ। उपाध्यक्षद्वय, क्रमशः ज्ञाम गुरुङ र नन्दजंग गुरुङ, महासचिव हरि गुरुङ, सचिव कृष्ण गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, सहकोषाध्यक्ष दिपक गुरुङ, प्रवक्ता रोहित गुरुङ, खेलकुद सचिव क्या. पितम्बर गुरुङ, संस्कृति सचिव कृष्ण गुरुङ, सम्पति सचिव नरेश तमु लगाएत १३ जना कार्यकारी समितिका सदस्यहरुको चयन भएको थियो।

यसैक्रममा क्या.रि. राजु गुरुङले ०६ डिरेम्बर १४को दिनमा सम्पन्न गरिने तमु संस्कृति, भेषभूषा, ईतिहास र परम्पराबारे गरिने अन्तरक्रियाबारे सूचना दिएका थिए। अन्तमा शपथ ग्रहण, शुभकामना अदानप्रदान गरेर अबेर राति अधिवेशन समाप्त भएको थियो।





Comments

comments

2893