Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सभागृहका कुर्सी साँघुरो हुँदा पाहुनालाई बस्न र हिँड्न अप्ठ्यारो हुने

काठमाडौं, २ मंसिर। १५ करोड रुपैयाँ खर्च गरेर पुनर्निर्माण गरिएको सार्क शिखर सम्मेलनस्थल राष्ट्रिय सभागृहका कुर्सी साँघुरा हुँदा पाहुनालाई बस्न र हिँड्न अप्ठ्यारो हुने भएको छ। सभागृहमा चार सय ७४ कुर्सी छन्।

कुर्सी साँघुरा पाइएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सहरी विकास, स्थानीय विकास, पर्यटन र परराष्ट्र मन्त्रालयका अधिकारीसँग स्पष्टीकरण लिने भएको छ। समितिले ती मन्त्रालयका अधिकारीहरूलाई मंगलबार बोलाएको समाचार अन्नपूर्ण दैनिकमा छापिएको छ। उसले आइतबार सभागृह निरीक्षण गरेको थियो।

कमजोर गुणस्तरहीन पूर्वाधार देखिएकाले अनुगमनमा जानुभएका माननीय सभासद्को सुझावसहित सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने निर्णय गरिएको छु, समितिका सभापति प्रभु साहले भने। अडियन्स बस्ने ठाउँमा नयाँ कुर्सी चार सय ७४ को संख्यामा राखेको देखियो।

ती सिटआकर्षक भए पनि धेरै नै साँघुरा भएकाले बस्न र बसेपछि उठेर निस्कन असुविधा हुने देखियो सभासद् बलबहादुर केसीको संयोजकत्वमा गठन गरिएको उपसमितिले सोमबार समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ। यही उपसमितिले आइतबार अनुगमन र निरीक्षण गरेको थियो।

प्रतिवेदनमा लहरै कुर्सीमा बस्न र बसेपछि उठ्न असुविधा हुने देखिएकाले त्यसमा सुधार गर्नुपर्नेु उल्लेख छ। समितिका सभापति साहलाई प्रतिवेदन बुझाउँदै उपसमिति संयोजक केसीले भने, एउटा सिटबाट अर्को सिटमा बस्न जान सकिने अवस्था छैन।





Comments

comments

2891