झुक्याएर जग्गा पास

गोरखा, २ मंसिर। व्यवसायका लागि ८ लाख रुपैयाँ ऋण लिएका छेवेटारका हिराकाजी श्रेष्ठले साहूले बदमासी गर्दा भनेर कहिल्यै सोचेनन्। तर साहूको कर्तुत थाहा पाउनुअघि नै उनको ८ रोपनी जग्गा र घरसमेत गुमिसकेको थियो। बन्धकी राख्ने भनिएको घरजग्गा आफूबाट राजिनामा पासै गराएर लिइएको रहेछ भन्ने पत्तो पाउँदासम्म हीराकाजी पूरै सुकुम्बासीमा परिणत भइसकेका थिए।

ऋण लिएबापत दृष्टिबन्धक राखेको २ रोपनी खेत,६ रोपनी पाखोबारी र घर झुक्याएर राजिनामा पास गराएकाले आफ्नो उठिबास भएको हीराकाजीले बताए। ती घरजग्गा उनले ५ वर्षअघि गोरखा नगरपालिका ११ किलोका ५५ वर्षीय शंकर धितालसँग बन्धकी राखेर उक्त ऋण लिएका थिए।

‘ब्याज महिनैपिच्छे तिर्दै आएको छु,साबा दिन्छु भन्दा पनि घरजग्गा फिर्ता गर्न मान्दैनन्,’ गोरखा नगरपालिका –९ का हीराकाजीकी श्रीमती सुनौलालो भनिन्,‘अहिले घरजग्गा फिर्ता माग्दा २२ लाख रुपियाँ चाहियो भन्छन्। अहिले साहू शंकर धितालले घरजग्गा छाडेर जान भन्दै पटकपटक धम्क्याउने गरेको उनले बताइन्।

छेवेटारकै रामकृष्ण कुमालले २०६२ सालमा ५ कित्ता जग्गा बन्धकी राखेर धितालसँग ४० हजार रुपैयाँ ऋण लिएका थिए। ऋण तिर्नका लागि भनेर जग्गा बेच्न खोज्दा धितालले पहिल्यै नामसारी गरेर लिइसकेको उनले थाहा पाए। रामकृष्ण पनि हीराकाजी जस्तै सुकुम्बासी भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

दृष्टिबन्धक राखेको जग्गा आफूखुसी धितालले चर्को मूल्यमा बेचेर ठगी गरेको उनको गुनासो छ। रामकृष्णकै दाजु महेन्द्रले धितो राखेको २ कित्ता जग्गा पनि धितालले रजिस्ट्रेटन पास गरिसकेका छन्। मासिक ब्याज तिर्ने र निश्चित समयमा फिर्ता गर्नेगरी दृष्टिबन्धक राखेको जग्गा धितालले राजीनामा पास गराएको उनीहरुको भनाई छ।





Comments

comments

2888
%d bloggers like this: