‘लापरबाहीले’ भारतमा नेपाली छात्रको मृत्‍यु

काठमाडौं, २ मंसिर। भारत नैतीतालस्थित सेरउड कलेजमा अध्ययनरत १४ वर्षीय नेपाली छात्र सान प्रजापतिको मृत्यु स्कुलको लापरबाहीले गर्दा भएको परिवारजनको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ।

कक्षा ९ मा अध्ययनरत उनको निमोनिया र घाउको संक्रमणबाट मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा छ। फोक्सोसम्बन्धी संक्रमण मिर्गौलासम्म फैलिएपछि नोयडास्थित एपोलो अस्पतालमा शनिबार ती विद्यार्थीको मृत्यु भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।

स्कुलको लापरबाहीले नै मृत्यु भएको आरोप लगाउँदै परिवारजनले सोमबार सेरउड स्कुलबिरुद्द अभियोगपत्र दर्ता गरेका छन्। पूर्वविद्यार्थी र सानका परिवारले उक्त स्कुलको नियन्त्रक निकाय ‘चर्च’ लाई स्कुलबिरुद्द कारबाही गर्न दबाब दिएका छन्।

सानका आफन्त श्लोक ज्ञवालीले दिल्लीमा भने ,‘उनलाई हिल्द्वानीको आइसीयूबाट यति टाढा किन स्थानान्तरण गरियो ?’हिल्द्वानीबाट नोएडास्थित एपोलो अस्पताल ल्याउने क्रममा एम्बुलेन्सका कोही डाक्टर नभएको र सोही क्रममा उनको मृत्यु भएको भनाई परिवारजनको छ।

सानका साथीहरुले पनि स्कुल स्थान नैतीतालबाट नजिकै रहेका बरेली तथा मुराबादका अस्पतालमै पर्याप्त उपचार सुविधा हुँदाहुँदै नोएडा लैजानु शंकास्पद रहेको बताए।





Comments

comments

2886