खोटाङ सेवा समाज बेलायतको २०औँ वार्षिकोत्सव: साकेलामा अन्तरपालिका भलिबल र ‘खोटाङ-यूके स्मारिका’ विमोचन हुने

–

बेलायत। बेलायतमा क्रियाशील खोटाङ्गेहरूको साझा संस्था खोटाङ सेवा समाज बेलायत (KSSUK) ले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव – प्लाटिनम जुबलीको अवसरमा जन्मभूमि खोटाङमै बृहत् खेलकुद तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।

–

समाजले सार्वजनिक गरेको आधिकारिक सूचना अनुसार अन्तर गाउँपालिका तथा नगरपालिका स्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता आगामी २०८३ माघ २२ र २३ गते (६ र ७ फेब्रुअरी २०२७) खोटाङको साकेला गाउँपालिकामा हुनेछ।

–

खेलकुद मार्फत एकता र युवा प्रोत्साहन
सन् २००७ मा स्थापना भएको KSSUK ले आफ्नो २०औँ वर्ष मनाइरहँदा आयोजना गर्न लागेको यो प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदको माध्यमबाट गाउँ-गाउँबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने र युवा पुस्तालाई प्रोत्साहन गर्नु रहेको समाजले जनाएको छ।

नेपाल र बेलायतको झण्डा, KSSUK को लोगो र हिमाली पृष्ठभूमि समेटिएको आकर्षक प्रचार पोस्टर सार्वजनिक गर्दै समाजले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण खोटाङ्गेहरूलाई उपस्थितिका लागि हार्दिक आह्वान गरेको छ।

–

आर्थिक सहयोगका लागि अपिल
प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन समाजले बेलायतवासी सम्पूर्ण खोटाङ्गे दाजुभाइ तथा दिदीबहिनीहरूसँग आर्थिक सहयोगको हार्दिक अपिल गरेको छ।

समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी जहाँ रहे पनि आफ्नो जन्मभूमि, गाउँठाउँ र समाजप्रतिको माया तथा जिम्मेवारी सधैँ रहिरहन्छ। तपाईंहरूको सानोभन्दा सानो सहयोगले पनि हाम्रो गाउँको खेलकुद विकास, युवाहरूको उत्साह र सामाजिक एकतामा ठूलो योगदान पुर्‍याउनेछ।”

सहयोगका लागि समाजले बैंक विवरण सार्वजनिक गरेको छ:
Name: Khotang Society UK KSS, Account No: 55528438,
Sort Code: 23-05-80,
Reference: Your Name

समाजका अनुसार नेपाली रु. ५० हजारभन्दा बढी सहयोग गर्ने मनकारी दाताहरूको तस्बिर कार्यक्रम स्थलमा विशेष रूपमा प्रदर्शन गरिनेछ।

हालसम्म प्राप्त सहयोग प्रतिबद्धता :
धन कुमार राई -रु. २ लाख, डा. प्रमोद कोयी राई-रु. २ लाख, प्रसाद राई -रु. १ लाख, राजेन रामजाङ राई-रु. १ लाख, शिवध्वज राई-रु. १ लाख, क्याप्टेन अशोककुमार राई-रु. ५0 हजार, सन्जिब राई-रु. ५0 हजार, उदिप राई -रु. ५0 हजार, चन्द्र जयपाल राई-रु. ५0 हजार, झलम राई-रु. ५0 हजार, देवेन्द्र राई-रु. १४ हजार, डिल्लिराम राई-रु. १० हजार र मेजर भुपजित राईबाट -रु. १० हजार समाचार तयार पार्दा सम्म प्रतिबद्धता प्राप्त भएको छ। आगामी दिनमा सहयोगी दाताहरूको नामावली क्रमशः थपिँदै जाने समाजले जनाएको छ।

–

खोटाङ-यूके स्मारिका’ प्रकाशन र लेख-रचना आह्वान
भलिबल प्रतियोगिताकै अवसर पारेर समाजले आफ्नो मुखपत्र ‘खोटाङ-यूके स्मारिका’ ६ फेब्रुअरी २०२७ मा साकेलामै भव्य समारोहका बीच विमोचन गरी जिल्लाभर निःशुल्क वितरण गर्ने तयारी तीव्र पारेको छ।

“के तपाईंको वर्तमान वा पुर्खौली घर खोटाङ हो? के तपाईंलाई केही विचार, भावना वा सृजना लेखौं जस्तो लाग्छ? यदि हो भने हामीलाई लेखि पठाउनुहोस्,” स्मारिकाको आह्वानमा भनिएको छ।

स्मारिकाका लागि बेलायतमा रहेका खोटाङ्गे कवि, लेखक, साहित्यकार तथा स्रष्टाहरूलाई आफ्ना रचना पठाउन आह्वान गरिएको छ। प्रकाशन योग्य सामग्रीमा कथा, कविता, गीत, गजल, मुक्तक, निबन्ध, यात्रा संस्मरण तथा राजनीतिक र पार्टीगत रणनीति बाहेका जानकारीमूलक लेखहरू समावेश गर्न सकिनेछ। संस्थागत विवरण बाहेकका सामग्री बढीमा २,००० शब्दसम्मको हुनुपर्नेछ।
रचना पठाउने अन्तिम मिति ३० नोभेम्बर २०२६ तोकिएको छ।

ठेगाना: Email: [email protected], WhatsApp: +447403329265

निरन्तरको सामाजिक योगदान
KSSUK ले यसअघि सन् २०१७ मा खोटाङका विभिन्न ठाउँमा सात वटा एम्बुलेन्स र अल्ट्रासाउण्ड मेसिन प्रदान गर्नुका साथै बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। साथै आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन नसक्ने दर्जनौं खोटाङ्गेहरूलाई सहयोग रकम संकलन गरी आर्थिक सहयोग प्रदान गर्दै आफ्नो गाउँप्रतिको दायित्व पूरा गर्दै आएको छ।

उपाध्यक्ष भबिन साम्पाङ राईले खोटाङ जिल्लाको हरेक विकासका कार्यमा बेलायतवासी खोटाङ्गेहरू सधैँ हातेमालो गर्न तयार रहेको बताए। “आफ्नो जन्मस्थानको सधैँ प्रगति-उन्नति भएको हेर्ने चाहना हरेक व्यक्तिमा हुन्छ, त्यो चाहना मैले सबै खोटाङ्गेहरूमा पाएको छु,” उसने भने।

KSSUK को वर्तमान छैटौं कार्यसमिति:
अध्यक्ष: प्रसाद कुमार राई, उपाध्यक्षहरू: वसन्त गुरुङ, ईश्वर चाम्लिङ, भबिन साम्पाङ राई, राजेन रामजाङ राई र मेनुका राई, महासचिव: चन्द्र जयपाल राई, उप-महासचिव: देवेन्द्र राई, सचिव: किरण चाम्लिङ, कोषाध्यक्ष: शिवध्वज राई, सह-कोषाध्यक्ष: सञ्जीव राई। सदस्यहरूमा ढकबहादुर राना मगर, ध्रुव राई ‘काइँला’, खगेन्द्र राई, चित्रकुमार राई, विनोद राई, सन्तोष दीर्घा राई, अनिता राई, दीपा क्षेत्री, किसन राई, दीपक राई, रोहित राई, एडविन राई, बलिरत्न राई र तापेन्द्र कुमार राई रहेका छन्।

अन्त्यमा, समाजका महासचिव चन्द्र जयपाल राई र कोषाध्यक्ष शिवध्वज राईले प्रवासमा रहेर पनि जन्मभूमिको सर्वाङ्गीण विकास, खेलकुदको उत्थान र सामाजिक एकतामा हातेमालो गर्न सम्पूर्ण खोटाङ्गे दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरेका छन्।
• भुमिराज राई





Comments

comments

142051