आफैंलाई रुनु न हाँस्नु बनाएको ओलीको त्यो बोली, जसले मच्यायो संसदमा हंगामा

काठमाडौँ, ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए।

प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो।

संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । एकैछिनमा संसदको माहोल तात्यो । होहल्लाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भयो।

त्यस क्रममा न विपक्षी कांग्रेसले ढंग पुर्यो न त विगतमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको नजिर कायम गर्न सत्तापक्ष सफल भयो।





Comments

comments

28947