बलात्कारी जोगाउन प्रहरी नै यसरी लाग्यो

धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन्। उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन्।

वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको यो हालत भएको समाचार आजको नागरिक दैनिकमा छ।

घटनापछि उनको मनस्थिती असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो।

पीडितको पिताले स्थानीय एक असईले आफ्नो मोबाइल जफत गरी घटनाको प्रमाण नस्ट गरको बताए।





Comments

comments

28950