बेलायतका राजकुमार ह्यारीलाई विश्वभरबाट बधाईको ओइरो

बेलायतका राजकुमार ह्यारी र मेगन मार्कललाई पुत्रलाभसँगै शाहीदम्पतीलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ।

प्रधानमन्त्री थेरेसा मे, लेबर पार्टीका नेता जेरेमी कोर्बिन र स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ट्विटरमा बधाई दिएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिसेल ओबामाले ह्यारी र मेगनलाई बधाई दिँदै पुत्रलाभको समाचारले आफू खुसी भएको बताएकी छिन्।

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बच्चा जन्मेको खुसियालीमा गरिब परिवारलाई उपहार बाँड्ने घोषणा गरेकी छिन् । साथै बच्चाको सम्मानमा १० वटा नयाँ रूख रोपिने उनले बताएकी छिन् । शाही शिशु राजकुमार ह्यारीपछि बेलायतको राजगद्दीको सातौँ क्रमका उत्तराधिकारी हुन् । राजकुमार ह्यारीले आफूलाई कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन् । बच्चाको जन्म स्थानीय समयअनुसार सोमबार साँझ ५ बजेर २६ मिनेटमा भएको थियो।

पुत्रलाभ भएको समाचार राजकुमार ह्यारी आफैले सञ्चार माध्यमलाई जानकारी गराएका थिए । ह्यारीले दुई दिनपछि मिडियामा बच्चालाई सार्वजनिक गर्ने बताएका छन् । सन् २०१६ को जुलाईदेखिको प्रेम सम्बन्धलाई उनीहरूले गत वर्ष विवाहमा रूपान्तरण गरेका थिए । अमेरिकी टेलिभिजनको टेलिशृंखलामा काम गरेकी मार्कल विवाहपूर्व परोपकारी कार्यमा संलग्न थिइन्। नयाँपत्रिकामा खबर छ।





Comments

comments

28953