काँचो अन्डा हानिकारक

अन्डामा भएको पोषणका कारण यसलाई खानाको प्याकेज पनि भनिन्छ। तर, पाकेको अन्डा खाएमा मात्र शरीरलाई फाइदा मिल्छ। काँचो अन्डा शरीरका लागि हानिकारक हुन्छ। अब जानौं काँचो अन्डाका बेफाइदाबारे:

  • काँचो अन्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ । यसले मानिसको रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउँछ । काँचो अन्डाले संक्रमणको सम्भावनासमेत बढाउँछ।
  • काँचो अन्डामा भएको प्रोटिनलाई शरीरले पूर्ण रूपमा ग्रहण गर्न सक्दैन । जसका कारण शरीरको मांशपेशी कमजोर बन्दै जान्छ।
  • काँचो अन्डाका कारण शरीरले बायोटिनको समेत पर्याप्त मात्रामा ग्रहण गर्न सक्दैन । यसो हुँदा शरीरमा ग्लुकोज निर्माण प्रक्रियामा नकारात्मक असर पार्छ । परिणाम शरीरमा कमजोरी पनि बढ्न सक्छ।
  • काँचो अन्डामा भएको ब्याक्टेरियाले अपच गराउन सक्छ । काँचो अन्डा खाँदा ‘फुड प्वाइजन’को पनि खतरा हुन्छ।

अन्डा खानुअघि
अन्डालाई प्रयोग गर्नुभन्दा पहिले नुनपानीले सफा गर्नुपर्छ।
अन्डालाई लामो समयसम्म भण्डार गरेर राख्नु हुँदैन । यसो गर्दा अन्डा बिग्रन थाल्छ।
यदि अन्डामा कुच्चिएको वा रङ बदलिएको छ भने किन्नुहुँदैन । यस्ता अन्डा प्रायः बिग्रिएका हुन्छन्।

यसरी खान सकिन्छ
अन्डालाई उमालेर वा अम्लेट बनाएर खान सकिन्छ । उमालेको अन्डा दूधसँग खानु स्वस्थकर मानिन्छ । यदि तौल बढाउनका लागि अन्डा खाने हो भने यसको करी र भुजिया बनाएर प्रयोग गर्न सकिन्छ। यो सामग्री नयाँ पत्रिकामा छापिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

28989