Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अनेसासको निर्वाचन घोषणासंगै चुनाबी सरगर्मीको आभास – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अनेसासको निर्वाचन घोषणासंगै चुनाबी सरगर्मीको आभास

विजय थापा / एचकेनेपाल डट कम –
जेष्ठ २६, भर्जिनिया। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बर्ष २०१४ /२०१६ को लागि केन्द्रिय कार्यसमितीको निर्वाचनको लागी निर्बाचन समितीले चुनाबको तिथी, मिती र चुनाबी प्रक्रियाहरुबारे छापा बिज्ञप्ति मार्फत सूचना प्रकाशित गरेको छ। र निर्वाचन जुलाई १५ देखि जुलाई १९ सम्म हुने र उम्मेद्वारी दिनेले मनोनयन पत्र आउदो जुन २१ को मध्यरात सम्म बुझाउनु पर्ने जानकारी निर्वाचन प्रमुख फ्लोरिडा अमेरिकामा बसोबास गर्दै आएका बिमल नेपालले जनाएका छन्।

अधक्ष्य, वरिष्ठ उपाधक्ष्य ,चार वटा क्षेत्रीय उपाध्यक्ष, महासचिब, सचिब ,कोषाधक्ष्यको निर्वाचन हुने जानकारी उक्त छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ भने निर्वाचनको घोषणा संगै चुनाबी सरगर्मी बढेको आभास अमेरिकामा आउन थालेको छ। फेरी पनि टाउके पद अमेरिकाको पोल्टोमा पर्छ कि भन्ने अनुमान गरिएको छ। र पारिवारिकबाद र निजि अड्डा (क्लब )भनि आरोप खेप्दै आएको अनेसासका संस्थापक भन्छन पूर्ण प्रजातान्त्रिक रुपमा निर्वाचन गर्ने हाम्रो प्रतिबद्धता रहेको र यस पटक विवाद रहित निर्वाचन हुने कुरामा कुनै शंखा नमान्न सबैलाई आग्रह गरेका छन्।

अहिले सम्मको अनेसासको ईतिहासमा अमेरिका भन्दा बाहिरका कुनै पनि साहित्यकारहरुले मुर्धन्य पदमा बिजयीको ताज लगाउन सकेको छैनन् भने अब यो ईतिहास कहिले तोडिने भनि ७२ वटा राष्ट्रमा पुगेको अनेसासका आम साहित्यकारहरुको चासोको बिषय बनेको छ। उक्त बिज्ञप्तिमा उम्मेदवारी दिदा अपनाउनु पर्ने कुराहरुको साथै अनेसासको आधिकारिक संजालमा बिस्तृत जानकारी गराईएको छ।

हरेक दुई बर्षमा हुने यो चुनाबमा तेश्रोपटक बिधुतिय प्रणालीबाट मतदान गरिने र संसारभरी छरिएर रहेका नेपालीहरूलाई बिधुतिय प्रणाली बाट मतदान गराउने अनुभबी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नै पहिलो हो” भन्दै संस्थाको तीन वटै निर्बाचनमा अनुभव बटुलेका निर्बाचन पर्यबेक्षण समितीका खेम भट्टचनले “हामी नै पहिलो हुँ” भन्दै छाती पिट्दै दाबि गरे। अनेसासमा जब निर्वाचन हुने गर्छ संस्था बिबादको भुमरीमा जकडिन्छ। चुनाबमा उप बिजेता हुने समुहले संस्थापक अध्यक्ष तथा गुठि अध्यक्षलाई दोषारोपण र लान्छना लगाउने बिगतमा देखिएको निर्बाचन समितीका तिर्थ पाण्डेलेले बताए। दुई बर्ष पहिले भएको निर्बाचनमा न्युयोर्कबाट दुई महिलाको उम्मेदवारी परेको र निर्वाचन प्रक्रिया सम्बन्धिका बिषयलाई लिएर निकै दोहोरि चलेको चर्चा न्युजर्सीका धनीराम सापकोटाले बताए।

अनेसासको बिगतको निर्वाचनमा विश्व ब्यापी रुपमा चर्क चर्की परेको समाचार, एक अर्कामा दोषारोपण ,आरोप प्रत्यारोप ,लान्छनाले तमाशा हेर्ने मौका सबैले ब्रम्हाण्ड भरि पाएको अस्ति भर्खर जस्तो लागेको भएता पनि अन्तत्वगत्वा हाल साहित्यकारहरु एक जुट भएकोले अनेसासलाई वर्तमान समयमा हेर्ने दृष्टिकोण सकारात्मक हुदै गएको छ।





Comments

comments

29