Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

काठमाडौंको ईन्द्रायणीमा चुनावी रौनक

मोहन गौतम- काठमाडौं, २७ जेठ। काठमाडौं क्षेत्र नं २ मा असार ८ गते हुन गइरहेको उप निर्वाचनमा नेकपा(एमाले)प्रति जनलहर बढ्ने क्रम बढने क्रम जारी छ।

चुनाव नजिकिदै जाँदा यस क्षेत्रमा राजनीतिक कार्यकर्ताहरु धमाधम रुपमा अन्य पार्टी परित्याग गरी नेकपा(एमाले)मा प्रवेश गर्न थालेका छन् । एमालेमा प्रवेश गर्नेहरुको दिनहुँ लर्को छ।

यस क्षेत्रमा एमालेका केन्दीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार हुनुहुन्छ। एमाले उम्मेदवार श्रेष्ठले मंगलवार ईन्द्रायणीका मतदातालाई भेट गर्नु भयो। उहाँ बिहान ७ बजेदेखि मतदाताको घर दैलोमा पुग्नु भएको थियो। उहाँले बिहान भर त्यस ठाउँका बासिन्दासँग आफूलाई मत दिन आग्रह गर्नुभयो । घर देलो अभियानमा उहाँसँग पार्टीका कार्यकर्ता तथा स्थानीय बासिन्दा ठूलो संख्यामा सहभागि थिए। उम्मेदवारको घर दैलोले इन्द्रायणीमा चुनावी रौनक बढेको छ। उहाँले मूलपानी, कामनपा ३५, लप्सेफेदी र नाङ्लेभारेका विभिन्न ठाउँमा यसअघि घर दैलो गरिसक्नु भएको छ।





Comments

comments

33