Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओलीको प्रश्नः यतिका वर्ष हाेली खेलेर पुगेन एमाअाेवादीलाई?

इलाम, ३ मंसिर। एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउन चाहने शक्तिले माघ ८ मै संविधान जारी गर्ने दाबी गरेका छन्।

केपी शर्मा ओली
उनले संविधान जारी गर्न नदिने षड्यन्त्र भइरहेको भन्दै मुलुकलाई अन्योल र अराजकताबाट मुक्ति दिन संविधान जारी गरेरै छोड्ने बताए। ‘जसले जे गरे पनि हामी माघ ८ मा संविधान जारी गरेरै छाड्छौं। अब देशलाई अराजकता र अन्योलमा राख्न सक्दैनौं’ ओलीले भने।

एमाले इलामको नवौं महाधिबेशनलाई सम्बोधन गर्न आएका ओलीले मंगलबार सदुमुकाममा सम्बोधन गर्दै संविधानसभाबाट संविधान जारी गरे रगतको खोलो बगाउने एमाओवादी अभिव्यक्तिको कडा शब्दमा बिरोध गरे। उनले भने,‘समयमा संविधान जारी गरे संविधानसभामा खोलो बगाउने रे। यतिका वर्ष जनताको रगतमा होली खेलेर एमाओवादीलाई पुगेन? उनले आफ्नो भाषणको आधा समय एमाओवादीको कटाक्ष गर्दै बिताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।





Comments

comments

2900