Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाकिस्तान एयरको नेपाल उडान बन्द

काठमाडौं,३ मंसिर। सरकारले सबै सार्क मुलुकको राजधानीसंग हवाई पहुँच बनाउने एजेण्डामा छलफल गर्ने तयारी गरिरहदाँ पाकिस्तानको ध्वजाबाहक विमानले नेपाल उडान बन्द गरेको छ।

पाकिस्तान अन्तर्राष्ट्रिय विमान कम्पनीले जुलाईदेखि उडान रोकेको थियो। कम्पनीका कन्ट्री म्यानेजर मोहमद यहमदका अनुसार स्टेशन र कार्यालय बन्दका लागि डिसेम्बर पहिलो सातासम्मको समय दिइएको छ। यो सेक्टर घाटामा गएकाले कार्यालय नै बन्द गर्ने निर्णय भएको हो, उनले भने। नेपालको बोर्डर भारत र चीनसंग छ। पाकिस्तान पुग्नका लागि हवाई पहुँच मात्र एउटा हो। विमान कम्पनीले पाकिस्तान-काठमाडौं साताको दुई उडान गर्दै आएको थियो। नेपाल भन्दा अगाडी गत फेब्रुअरीबाट बैंकक र हङकङको उडान पनि बन्द गरिसकेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

पाकिस्तानले नेपालभन्दा बढी युरोपरअमेरिका जस्ता मुलुकलाई प्राथमिकतामा राख्ने गरेकाले यहाँ उडान बन्द गरी उता बढाउन खोजेको एयरलाइन्सका अर्का कर्मचारीले बताए। उनीहरु युरोप अमेरिका घुम्न रुचाउँछन्, ती कर्मचारीले भने उताबाट नेपाल आउने थोरै छन् । अध्यागमन कार्यालयका अनुसार पाकिस्तानबाट २०१४ को पहिलो ६ महिनामा ३ सय ९२ मात्र नेपाल आएका छन्।

घाटा भइरहेको र जहाज अभाव भनेर स्टेशन बन्द गर्न खोजिएपनि उक्त कारण सही नभएको ती कर्मचारीको भनाई छ। जुलाईतीर विमाकम्पनीसंग २८ जहाज भएपछि पछिल्लो समय भाडामा र किनेर १० विमान थप भएको छ। पाकिस्तान एयरले सन् १९७० देखि नेपाल उडान गरिरहेको हो।

त्यतिबेला एयर इन्डिया र थाई एयरवेजले मात्र नेपाल उडान गर्थे। पाकिस्तान एयर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पनि अन्य अन्तर्राष्ट्रिय विमानकम्पनीको तुलनामा सस्तो थियो। रियाद, दमाम, मलेशिया र मस्कटका लागि काम गर्न जानेहरु पाकिस्तान एयरबाट जाने गरेको तथ्यांक छ।





Comments

comments

2909