Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पत्रकार माथिको आक्रमण रोक्न बेलायत शाखाको आग्रह

एचकेनेपाल डट कम सम्वाददात-
लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष धर्मराज अधिकारीलाई सामाजिक सञ्जाल फेसबुकमा लगाईएको आरोप गम्भीर भएको जनाएको छ।

शाखाका महासचिव श्याम लुईंटेलद्धारा जारी विज्ञप्तिमा सामाजिक संजालमा व्यक्तितगत चरित्र हत्या हुने खालका सामाग्री राख्नु निन्दनीय कार्य भएको उल्लेख छ।

बेलायतका एकजना व्यवसायी एवं ब्रिटेन नेपाल चेम्बर्स अफ कमर्शका चेयरम्यान राजन कंडेलले मिति २०१४ नोभेम्बर १६ गतेका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत अधिकारीको चरित्र हत्या गर्ने प्रयास गरेका थिए। कंडेल नेपालस्थित द ब्रिटिश कलेजका एम डी पनि हुन्।

सामाजिक सञ्जालमा कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री नराख्न र सामाजिक संजालको गरिमालाई समेत ख्याल राख्दै मर्यादित भाषाको प्रयोग गर्न पत्रकार महासंघ बेलायत शाखाले सबैमा आग्रह गरेको छ।

त्यस सम्बन्धमा छलफल गर्न नेपाल पत्रकार महासंघ यूके शाखाको ७ डिसेम्बर, आइतवार लण्डनमा पूर्ण बैठक बोलाएको विज्ञप्तिमा उल्लेख छ।





Comments

comments

2924