अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ।

अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । यो समाचार कारोबार दैनिकमा विजय देवकोटाले लेखेका छन्।

गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । डा. फुयाँलले आयोगमा आथिक व्यवस्थापन महाशाखा हेर्छन्।

‘हामीले चीन–अमेरिकाबीच देखिएको व्यापार तनावलाई नजिकबाट हेर्न सुरु गरेका छौँ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्क कँडेलले भने,‘सिर्जित समस्या विश्लेषण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रिपोर्टिङ गर्छौ।





Comments

comments

29315