प्रहरीको गोलीबाट विप्लव कार्यकर्ताको मृत्यु

प्रहरीको गोली लागी घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ।

मंगलबार टेम्केमैयुङ गाउँपालिका वडा नम्बर–२ स्थित मैयुङ क्षेत्रको धोद्रे जंगलमा प्रहरीसँगको मुठभेडमा उनलाई गोली लागेको थियो। उपचारका लागि धरान पुर्‍याइएका उनको बुधबार बिहान तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

षडानन्द नगरपालिका वडा नम्बर–२ कुदाककाउलेका ३२ वर्षीय घिमिरेको तिघ्रामा गोली लागेको बताइएको छ । हिले भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भिरनजिकै पहिरो खसेकाले एम्बुलेन्स रोकिएको र समयमा अस्पताल पुर्‍याउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। घटनास्थलबाट पेस्तोल, गोली, दूरबिन, प्रचार–प्रसारका सामग्रीसमेत बरामद गरिएको प्रहरीले बताएको छ। यो खबर नयाँपत्रिकामा छापिएको छ।





Comments

comments

29409