Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वराजदूत हमिद अन्सारी भ्रष्टाचार मुद्दामा

काठमाडौ, ५ मंसिर। मृतकका परिवारलाई क्षतिपूर्तीबापत दिएको रकम आफ्नै खातामा राखेको भेटिएपछि साउदी अरवका पूर्वराजदूत हमिद अन्सारी भ्रष्टाचार मुद्दामा मुछिएका छन्। मृतकका परिवारले पाउने रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्सारीविरुद्ध ३ लाख ९६ हजार रुपैंया भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

रोजगारीका लागि साउदी अरब पुगेका भाईको मृत्युपछि बाग्लुङका होमबहादुर पुनले रोजगारदाता कम्पनीबाट ४७ हजार रियाद पाउनुपर्ने थियो। पहिलो किस्तास्वरुप २७ हजार रुपैयाँ पाएका पुनले अर्को किस्ताको २० हजार रियाद नपाएपछि अख्तियारमा उजुरी दिएका थिए। छानबिन क्रममा मृतकका परिवारको रकम राजदूत आफैले निकालेको भेटिएको हो।

सन् २०१० अगष्ट ११ मा २० हजार रियादको चेक पाएका राजदूतले त्यसको १५ दिनपछि आफैले निकालेको अख्तियारद्वारा विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा उल्लेख छ। अन्सारी एमाले कोटाबाट २०६४ माघदेखि २०६७ माघसम्म साउदी अरबको राजदूत थिए।

रोजगारदाता कम्पनीबाट दूताबासमा आएको चेक राजदूत अन्सारीको निर्देशनमा साटिएको खुलेको छ। तर उनले भने चेक साटिनुमा दूताबासका लेखापाललाई दोष दिदै आफै त्यसमा संलग्न नभएकोे दाबी गरेका थिए। छानबिन क्रममा रियादस्थित दूताबासले २०६८ फागुनमा पत्र पठाई राजदूतको मौखिक निर्देशनमा चेक साटिएको र त्यसमा अरु कर्मचारीको संलग्नता नभएको जवाफ पठाएको थियो। २०६८ फागुनमा उजुरी परेकोमा करिव ३ वर्षपछि अख्तियारले मुद्दा दायर गरेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

2941