Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङबाट बलेनी चलचित्र निर्माण हुने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङबाट बलेनी चलचित्र निर्माण हुने

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, ५ मंसिर। टप माउण्टेन फिल्म प्रोडक्शन प्रालिले नेपाली कथानक चलचित्र बलेनीको निर्माण गर्ने भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा टप माउण्टेन फिल्म प्रोडक्शन प्रालि हङकङको ब्यानरमा संघर्षशील प्रेमकथामा आधारित चलचित्रको निर्माण गरिने निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए। हङकङमा आफ्नै पहिचान बनाई क्रियाशील रहेका मास्टर गणेश गुरुङ, अधिवक्ता देव गुरुङ, दुर्गा कोन्मे गुरुङ र मीन गुरुङ निर्माता रहेको चलचित्रको मंसिर ९ गतेदेखि छायाँकंन शुरु गरी फागुन महिनामा सम्पन्न गर्ने योजना रहेको निर्देशक गुरुङले बताए।

पर्वत जिल्लाको रमणीय गाँउहरु दुर्लुङ, बाजुङ, आर्थर, कुश्मा लगायतका क्षेत्रमा छाँयाकंन हुने चलचित्रको व्यवस्थापक एनबी गुरुङ, निर्माण नियन्त्रक मीनु गुरुङ, नृत्य निर्देशक लब्सन गुरुङ र पवित्रा गुरुङ, क्यामेरामा सन्तोष पिठाकोटे मगर, द्धन्द्ध निर्देशक जनक गुरुङ, कला निर्देशक किशोरकुमार गुरुङ, गीत देव गुरुङ र कृष्णकुमार गुरुङ, संगीत के के गुरुङ, संगीत संयोजन धनबहादुर गुरुङ, श्यामसुङ गुरुङ र सर्वज्ञमान शाक्य रहेका छन। यसरी नै चलचित्रको गीतहरुको धनबहादुर गुरुङ, रजनी राई, माया गुरुङ, शान्ति गुरुङ र ओम गुरुङको रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

करिब २० लाखको लगानीमा निर्माण हुने दुई घण्टा ५ मिनेट लामो बलेनी चलचित्रमा नायक गमन घले र नायिका सपना गुरुङ, यसरी नै कलाकारहरुमा रामबहादुर गुरुङ, गजेन्द्र गुरुङ, भुपाल गुरुङ, दानबहादुर गुरुङ, क्या.लोकबहादुर गुरुङ,डिलमाया गुरुङ, पशुपति खाँड, इन्दु मल्ल, लिलबहादुर गुरुङ, मुस्कान गुरुङ, सनम गुरुङ, ताराकुमारी गुरुङ, गौरी गुरुङ अभिनय गर्ने पत्रकार भेटघाट तथा कलाकार घोषणा कार्यक्रममा निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए।

हङकङबाट प्रर्दशन शुरु गरिने चलचित्र युके, अष्ट्रेलिया, कोरिया लगायत नेपालका विभिन्न भागमा प्रर्दशन गरिने बताइएको छ। बलेनी चलचित्र निर्माणका लागि दुर्लुङ समाजका अध्यक्ष दानबहादुर गुरुङ, तेजबहादुर गुरुङ, लिलबहादुर गुरुङ र सनम गुरुङलाई समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ भने रेकर्डिङ तथा सम्पादन कक्ष बार डिजिटल स्टुडियो, रेकर्डिस्ट असिम गुरुङ रहने छन्।

कार्यक्रममा निर्माताका तर्फबाट बोल्दै मास्टर गणेश गुरुङले विगतमा तेक्वान्दो खेलको माध्यमबाट नेपाललाई पहिचान गराएको र अब चलचित्रको माध्यमबाट जन्मभुमिलाई योगदान दिनका लागि बलेनी निर्माणमा जुटेको बताए।

विगतमा भकारी फिल्म प्रालिद्धारा निर्मित सुनीमाया, तमु ह्युला, घलेक द साईन अफ लभको विषयबस्त, गुणस्तरीयता र सफलताका कारण आफूहरु भकारी टिमसँग चलचित्र निर्माणमा जुटेको बताउंदै सबैको साथको अपेक्षा गरेका छन्।

यसरी नै शुभकामना व्यक्त गर्दै थुम्रो इन्टरनेशनल प्रालिका प्रवक्ता तथा द प्रिन्सेस यम्फावतीका निर्माता सरस्वती गुरुङले आफूहरुले चलचित्रमार्फत समाजमा रहेको लैगिंक विभेदको अन्त्य, सामाजिक न्याय, महिला सशक्तिकरण, पौराणिकतालाई उजागर र पर्यटन प्रवद्र्धनका लागि यम्फावती निर्माण जुटेको बताउनुहुदै बलेनीले सामाजिक रुपान्तरणमा योगदान पुर्याउने अपेक्षा गर्नुहुदै सञ्चार क्षेत्रको साथ रहने विश्वास व्यक्त गरेका छन्।

फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भकारी एड्भटाइजिङका अध्यक्ष माओत्सेतुङ गुरुङले स्वागत र गायिका एवं नायिका माया गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

तस्वीरहरूः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

2949