Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जो साइकलबाट तेल बेचेरैे अर्बपति बने

काठमाडौं, ६ मंसिर। एजेन्सी – साइकल चलाएर घरघर तेल बेच्दै हिँड्ने मान्छे अर्बपति बन्न सक्ला? धेरैलाई यस्तो कुरा सम्भब नहोला जस्तो लाग्छ।

तर, यहाँ यस्तै एक अर्बपतिको चर्चा गरिँदैछ। जो कुनैबेला पन्जाबका गाउँमा साइकलबाट तेल बेच्दै हिँड्थे। करिब दुई साताअघि दिबंगत किमतराय गुप्ता साइकलबाट आफ्नो व्यापार सुरु गरेर फोब्र्सको विश्वका धनीको सूचीमा समेत सामेल हुन सके। अन्तर्राष्ट्रिय विद्युतीय उपकरण कम्पनी हेवल्सका मालिक गुप्ताको ७७ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

एउटा सफल व्यवसायी भएर पनि उनी लो प्रोफाइलमा रहे। कारण एउटै थियो,कामलाई महत्व दिनु। उनले संघर्ष गरे तर हतार गरेनन्। आफ्नो धरातललाई सधै सम्झने उनी पन्जाबबाट सन् १९५८ मा दिल्ली पुगेका थिए। जहाँ उनले विद्युतीय सामानको पसल सुरु गरे। पुरानो दिल्लीको निकै भिडभाड हुने बजार भगिरथ चोकमा उनको पसल थियो। सन् १९७१ मा उनले ठूलो अबसर पाए, जब उनले हावेल्स कम्पनीका रुपमा उनले आफ्नो व्यवसायलाई बढाउने मौका पाए।





Comments

comments

2957