Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भेरीमा बेपत्ता बस भेटियो, यात्रु भेटिएनन्

जाजरकोट, ६ मंसिर। जाजरकोटको भुरचौरबाट बिहीबार बिहान यात्रुसहित भेरी नदीमा खसेको बस शुक्रबार गोताखोरले फेला पारे पनि यात्रु भने भेटिएका छैनन्।

जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमतर्फ आउँदै गरेको ना३ख १४०८ नम्बरको बस दुर्घटनामा परेको थियो। नदीमा ३० जनाभन्दा बढी बेपत्ता भएको प्रहरीको अनुमान छ। बिहीबार तीनजनाको शव भेटिएको थियो भने १० जनाको जीवितै उद्धार गरिएको थियो।

काडमाडौंबाट आएका गोताखोरले शुक्रबार बिहान नदीमा बस फेला पारे पनि त्यसमा रहेका यात्रुको बारेमा शुक्रबार साँझसम्म कुनै अत्तोपत्तो नभएको जानकारी जाजरकोटका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले दिए। सरकारले खोजीमा ढिलाइ गरेको भन्दै यात्रुका आफन्त आक्रोशित बनेका छन्। मैनालीका अनुसार बस नदीको गहिराइमा छ।

नदीबाट बस बाहिर निकाल्न शुक्रबार दिनभर प्रयास भए पनि नसकिएको जाजरकोटका प्रजिअ जगतबहादुर बस्नेतले बताए। बस निकाल्न प्रयोग गरिएको हुँक चुँडिएका कारण प्रयास सफल हुन नसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ। ‘हामीले भएभरको शक्ति लगाएका छौं, तर अहिलेसम्मको प्रयास सफल हुन सकेन।’ नदीमा बेपत्ता यात्रु जीवितै फेला पर्ने सम्भावना कम रहेको उनले बताए।





Comments

comments

2959