Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतसँग एक खर्बको अरुण सम्झौता

काठमाडौं, ९ मंसिर। प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा मंगलबार एक खर्ब चार अर्ब रुपैयाँ लागतको बहुचर्चित अरुण तेस्रोको आयोजना विकास सम्झौता (पीडीए) सहित सात महत्त्वपूर्ण समझौता हुने भएका छन्।

भारतसँग अरुण तेस्रोको पीडीएसहित सातवटा विषयमा सम्झौताका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

नौ सय मेगावाटको अरुण तेस्रो निर्माण गर्न सतलज जलविद्युत् निगमको अरुण पावर डेभलपमेन्ट कम्पनी लिमिटेडसँग पीडीए गर्न लगानी बोर्डलाई स्वीकृति दिने निर्णय भएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए। लगानी बोर्ड र सतलजबीच सम्झौतामा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हस्ताक्षर हुनेछ।

सार्क सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी मंगलबार काठमाडौं आउँदैछन्। मोदी र कोइरालाको उपस्थितिमा लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्त र सतलजका अध्यक्ष आरपी सिंहले पीडीएमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ।





Comments

comments

2988