Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पुटिनलाई कराँतेको आठौं डान

एजेन्सी/ झट्ट हेर्दा खेलाडीजस्तै जीउडाल देखिने रुसी राष्ट्रपति भ्लादिमर पुटिन क्रिमिया हस्तक्षेपपछि विश्व राजनीतिमा झनै छाएका छन्। पछिल्लोपटक पुटिनलाई चर्चामा ल्याउने विषय भने उनको राजनीतिक दाउपेच नभएर खेलाडीसँग जोडिएको छ।

धेरैलाई थाहा नहुन सक्छ, ६२ वर्षीय पुटिन मार्सल आर्टका सिद्वहस्त खेलाडी हुन्। तेक्वान्दोका ग्रान्डमास्टर र जुडोको विशेषज्ञ पुटिनले क्योकुसिन कराँतेको सबैभन्दा माथिल्लो पेटी अर्थात ब्ल्याक बेल्ट पाउने पक्का भएको छ। रुसी कराँते महासंघले पुटिनलाई आठौं डान दिने निर्णय गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

आगामी महिना विश्व च्याम्पियनसिपको समय पारेर भव्य कार्यक्रम आयोजना गरी पुटिनलाई आठौं डान ब्ल्याक बेल्ट प्रमाणपत्र प्रदान गरिनेछ। क्योकुसिन कराँते फुलकन्ट्यक्ट कराँते हो, जसमा खेलाडीले सुरक्षाका कुनै पनि साधन प्रयोग गर्दैनन्। रुसको जासुसी संस्था कोजीबीका पूर्वअधिकृत पुटिनले ११ वर्षको कलिलो उमेरदेखि नै जुडोको अभ्यास गर्न थालेका हुन्।

उनको आधिकारीक वेबसाइटका अनुसार पुटिनले सन् २०१३ का तेक्वान्दोको नवौं डानको प्रमाणपत्र र ग्रान्ड मास्टरको उपाधि पाएका थिए। खेलकुदप्रतिको लगावका कारण मार्सल आर्टले आफूलाई स्वनियन्त्रित हुन सहयोग पुर्याउँदै आएको पुटिन बताउँछन्।





Comments

comments

2990