Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
रोमानियन ‘ह्याकर’सँग मिलेर नक्कली एटिएमबाट २० लाख निकाल्ने पाण्डे पक्राउ – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

रोमानियन ‘ह्याकर’सँग मिलेर नक्कली एटिएमबाट २० लाख निकाल्ने पाण्डे पक्राउ

नक्कली एटिएम प्रयोग गरेर ह्याकरले व्यक्तिको खाताबाट पैसा निकालेको घटनाले दुई–तीन वर्षअघि बैंकका सेवाग्राही आतंकित नै भए।

विदेशी बैंकमा खाता भएका व्यक्तिको पैसा चोरीको घटना धेरै भए पनि नेपाली बैंककै ग्राहकको समेत पैसा निकालिएको थियो । एकपछि अर्को उस्तै घटना दोहोरिँदा बैंकमा राखेको पैसा जुनसुकै वेला लुटिन सक्नेमा आमनेपाली झस्किए । तीन वर्षको अवधिमा सिआइबीले चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीय गरी १८ विदेशी तथा उनीहरूलाई सघाउने ६ नेपालीलाई पक्राउ ग-यो । धेरै पक्राउ परेपछि नक्कली एटिएमबाट हुने ठगी धन्दा बीचमा केही सुस्तायो पनि । तर, पछिल्लो समय फेरि गिरोह सल्बलाउन थालेको खुलेको छ।

नक्कली एटिम प्रयोग गरेर पैसा निकाल्ने विदेशी ‘ह्याकर’ नेपालमा अझै सक्रिय रहेको खुलेको छ । रोमानियन ‘ह्याकर’ समूहसँग मिलेर २० लाख रुपैयाँ निकाल्ने बाराका राजुकुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको हो। शंखमूल बस्ने पाण्डेले रोमानियन समूहसँग मिलेर एटिएमबाट गठी गरेको सिआइबीका एसपी दीपक रेग्मीले बताए । राष्ट्रिय वाणिज्य बैंकका एटिएम बुथ प्रयोग गरेर नक्कली एटिएमबाट पैसा निकाल्ने गरेको रेग्मीले बताए । उनको साथबाट सिआइबीले केही व्यक्तिका नक्कली एटिएम कार्डसमेत बरामद गरेको छ।

आठ महिनाअघि ठमेलमा रोमानियनसँग भेट भएको र उनीहरूले दिएको एटिएम र पासवर्ड प्रयोग गरेर पैसा निकालेको पाण्डेले बयान दिएको प्रहरीले जनाएको छ । उनले केही पैसा आफूलाई दिएको पनि स्विकारेका छन् । रोमानियन ह्याकर भने नेपालबाट बाहिरिसकेका छन् । तर, त्यसपछि पनि राजुकुमारले नक्कली एटिएमबाट पैसा निकाल्दै आएको खुलेको छ। वाणिज्य बैंकको एटिएममा धेरै निगरानी नहुने भएकाले ह्याकरको रोजाइमा परेको सिआइबीले जनाएको छ।

तीन वर्षमा एटिएम ठगी गिरोहबाट प्रहरीले ९५ लाख ६२ हजार नेपाली रुपैयाँ, ७५ हजार दुई सय ३५ अमेरिकी डलर, ७३ हजार आठ सय ७५ युरो, ३३ हजार इन्डोनेसियन रुपनी, चार सय ७० फिलिपिन करेन्सी बरामद गरेको छ । एक हजार तीन सय ६९ नक्कली एटिएम कार्ड पनि बरामद गरेको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह संलग्न रहेको र सहजै झुक्याउन सकिने ठानेर उनीहरूले नेपाललाई ट्रान्जिट बनाएको हुन सक्ने प्रहरीको आशंका छ। यो खबर नयाँपत्रिकामा छापिएको छ।





Comments

comments

30048