राजेशपायलले साउथ डेकोटामा नचाए

राजेशपायलले साउथ डेकोटामा नचाए
एचकेनेपाल डट कम संवाददाता-
डिसेम्बर २, अमेरिका। संगीतका बादशाह उर्फ राजेशपायल राईले आफ्नो युएसए टुरको साँगीतिक ऋंखला साउथ डेकोटामा आएर यो पटकलाई विदाई गरे।

कार्यक्रम अत्यन्त भव्य र सभ्य अनि अहिलेसम्म कै साउथ डेकोटामा सबैभन्दा बाक्लो दर्शकको उपस्थिति रहेको बताए कार्यक्रम संयोजक लाली गुरुङले। लगभग १ हजारको हाराहारी उपस्थिति थियो उनी भन्दै थिए। कार्यक्रम गुरूङ समाज र लाली गुरूङ, नरेश गुरूङ बुढा सुब्बा र रबि गुरूङले आयोजना गरेका हुन्।

कार्यक्रममा राईले नाई नभन्नु ल, तिम्रो मुस्कान, सर सर माया वर वर, धरान धनकुटा भेडेटार, दर्शन नमस्ते, सागर सरी.., चौबन्दी चोलीले, बल्ल भेट भो आदङ्मे, दिक्तेल बजार, नौजाले मायाले, मलाई पनि अंग्रेजीमा बोल्न सिकाइ देउनलगायत दर्जनौं गीत सुनाएर भरपूर मनोरञ्जन दिए।

कार्यक्रमको साउण्ड सिष्टम अहिलेसम्मकै उत्कृष्ट रहेको धारणा राख्दै राईले साउण्ड सिष्टम इन्जिनियर नेपालबाट आएका संगीतकार एवं एरेन्जर पविधन खालिङलाई सम्मान गरे।

साउथ डेकोटा राईको युएसए टुरको अन्तिम कार्यक्रम हो। त्यसपछि उनी क्यानाडा, मकाउ, बहारायन र कतारको साँगीतिक भ्रमणको लागि प्रस्थान गर्दैछन्।

राई इज किङले थर्काउंदैछन् अमेरिका
एचकेनेपाल डट कम संवाददाता-
नोभेम्बर २५, अमेरिका। सर्वाधिक व्यस्त र लोकप्रिय गायक राजेशपायल राई यतिबेला युएसए टुरको अन्तिम ऋंखलामा रोचेस्टरमा आफ्नो १५औं साँगीतिक साँझ प्रस्तुत गरेका छन्।

नोभेम्बर २३ का दिन प्रजित रानालगायत भूटानिज युनिट टिमले आयोजना गरेको राजेशपायल इन रोचेस्टर नामक कार्यक्रममा राई सदा झैं छाइ रहे। कार्यक्रममा उनले दर्शन नमस्ते २ हुंदै दिक्तेल बजारलगायत दर्जनौं गीत प्रस्तुत गर्दासमेत दर्शकको चाहना नपुगेपछि राईले मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउनलगायत २५/२६ गीत प्रस्तुत गरे।

राईको युएसए टुरको अन्तिम कार्यक्रम साउथ डेकोटामा ३० नोभेम्बरमा हुंदै छ।





Comments

comments

3013