Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बालमन्दिरकी बालिका बलात्कार गर्नेलाई १६ वर्ष कैद

जिल्ला अदालत काठमाडौंले बालमन्दिरका तीन बालिकालाई बलात्कार गर्ने दुईजनालाई १६ वर्ष कैदको फैसला सुनाएको छ।

न्यायाधीश पशुपति आचार्यको एकल इजलासले अभियुक्त रविन चालिसे र रविन श्रेष्ठलाई १६ वर्ष कैदका साथै पीडित बालिकालाई जनही एकलाख रुपैयाँ क्षतिपूर्ती उपलब्ध गराउने फैसला गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।

बालमन्दिरको विद्यार्थी संगठनका अध्यक्ष रहेका चालिसे र परियोजना प्रमुख श्रेष्ठले अपसी मिलमतोमा १६ बर्षभन्दा मुनिका सुस्त मनस्थिती भएका तीन बालिकालाइ निरन्तर बलत्कार गर्दै आएका थिए।

केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले दुबैजनालाई जेठमा पक्राउ गरि कारवाही अगाडी बढाएको थियो। अदालतमा तिनै जना बालिकाले आफूहरुलाई अभियुक्तले अश्लिल भिडियो देखाएर बाथरुम र लाइब्रेरीमा लगेर पटकपटक बलात्कार गरेको बयान दिएका थिए।





Comments

comments

3118