Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनका कारण मोदीको लुम्बिनी भ्रमण स्थगित

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्यले नेपाललाई दिने सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएका छन्। बोर्ड सदस्य जयदेब रानादेले चिनियाँ प्रभावकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण स्थगित गर्नुपरेको दाबी गरेका छन्।

मोदीले भ्रमण गरे भारतको प्रतिष्ठा बढ्ने र लुम्बिनीमा आफ्नो योजना कमजोर हुने चिनियाँ चासोका कारण भ्रमण हुन नसकेको राना देबको तर्क छ।

भारतीय मन्त्रिपरिषद्का पूर्वसहसचिव तथा नयाँदिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्षसमेत रहेका उनले नेपालमा चिनियाँ प्रभावले सीमा नाघ्न लागेको भन्दै काठमाडौंलाई जवर्जस्त चेतावनी दिनुपर्ने सुझाव सरकारलाई दिएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

उनले नेपालका अर्थमन्त्री रामशरण महत,सञ्चारमन्त्री मिनेन्द्र रिजाल र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमण स्थगित गराउन भूमिका खेलेको दाबी गर्दै उनीहरुलाई चीनपरस्तको आरोपसमेत लगाएका छन्।





Comments

comments

3111