Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रक्सी भन्दै बिहेभोजमा स्प्रिट पिएपछि ३ महिलाको मृत्यु

सिन्धुपाल्चोक, १६ मंसिर। छिमेकी गाउँको विहेमा भाँडा माझ्न गएका महिलाले रक्सी ठानी ल्याएको स्प्रिट गाउँको बिहेभोजमा खुवाउँदा तातापानी–३,थामीगाउँमा सोमबार तीन महिलाको मृत्यु भएको छ।

घटनामा ५० भन्दा बढी विरामी छन्, एकको अवस्था सिकिस्त छ। स्प्रिट पिउने अधिकांश बालबालिका, महिला र वृद्दवृद्दा र महिला रहेको समाचार नागरिक दैनिकमा छापिएको छ।

बाह्रबिसे इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मन्जिल मुकारुङका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया धनमाया थामी, ४६ वषीया सोममाया थामी र ६२ वषीया चर्कुली थामी छन्।

उनीहरु सबैले आइतबार दिउँसो स्प्रिट (टेबुल,दराजलगायत सफा गर्ने पदार्थ) सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर मुकारुङले बताए। दिउँसो गाउँमै एकको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।





Comments

comments

3120