Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आत्माघरलाई मिस पूर्वाञ्चलको सहयोग

गोपाल दाहाल / एचकेनेपाल डट कम –
धरान। धनकुटाको नाम्जेस्थित आत्माघरको एक बर्षअघि फुटेको सिसा फेर्नका लागि मिस पूर्वाञ्चल टिमले सहयोग प्रदान गरेको छ।

मिस पूर्वाञ्चल २०१४ तथा भेडेटारकी पर्यटन सद्भावनादूत नेमिता आङबुहाङले स्थानीय नाम्जे पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष दिलिप रानालाई १० हजारको चेक हस्तान्तरण गरिन्। गत बर्षको माघमा मिस पूर्वाञ्चलको तालिमका क्रममा पर्यटन प्रवर्द्धनकालागि सहभागीहरु नाम्जेस्थित आत्माघर पुगेका थिए। त्यसबेला आत्माघरको मुख्य आकर्षणका रुपमा रहेको सिसा फुटेको पाएपछि उनीहरुले सिसा फेरिदिने घोषणा गरेका थिए। त्यही बाचा अनुसार शनिबार पुगेको टोलीले चेक हस्तान्तरण गरेको हो।

मिस पूर्वाञ्चलकै सेकेन्डरनर अप निलम थापा, आयोजक सिल्भर इन्टरटेन्मेन्टका निर्देशक दिपक बनेपाली, इभेन्ट म्यानेजर सौरभ श्रेष्ठ, सल्लाहकार सम्राट श्रेष्ठसहित नाम्जे पुगेको टोलीलाई समितिका अध्यक्ष राना, होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावती, सचिव जीतेन्द्र रुम्दाली, सदस्य रोजन राई लगायतले स्वागत गर्दै पर्यटन विकासमा सहयोगका लागि आग्रह गरेका थिए।

नाम्जेको थुम्की डाँडामा रहेका १सय१३ वटा मानव चिहानका ढुंगा जम्मा गरेर विदेशी आर्किटेक्चरहरुले निर्माण गरेको आत्माघर पर्यटकको आकर्षणको केन्द्र बनेको छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था सिएनएनले नसुनिएका विश्वका उत्कृष्ट १२ गन्तव्यमध्ये सूचीकृत गरेको नाम्जेमा पर्यटकको संख्या बढ्दै गएपनि आकर्षक आत्माघरको सिसा फुट्दा त्यहाँ पुग्ने पर्यटक खल्लो मान्ने गरेका थिए। एक बर्षदेखि सिसा फुटेको अवस्थामा रहेको आत्माघरमा नाम्जे पर्यटन पूर्वाधार विकास समितिले हालै सिसा फेरेर फलामको बार लगाएको छ।





Comments

comments

3107