Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
गोरखा सत्याग्रहको काठमाडौं र लण्डनमा लगातार दुई कार्यक्रम – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोरखा सत्याग्रहको काठमाडौं र लण्डनमा लगातार दुई कार्यक्रम

सन्तोष थलङ –
ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्स समिति नेपालले, बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएकोछ।

गत २३ अक्टोबर २०१४ का दिन बेलायती सर्वदलीय संसदिय समिति (एपिपिजी) ले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा समान पेन्सन लगायतका मागहरुलाई गम्भिरताका साथ नउठाएकोमा खेद जनाउँदै बेलायत सरकारले एपिपिजीको प्रतिवेदन जेजस्ता भएपनि हाम्रा सम्पूर्ण न्यायिक मागहरुलाई सम्बोधन गरेर सदाका लागि समस्या समाधानगर्न प्रधानमन्त्रीसंग ससक्त माग गरिनेछ।

यथार्थमा, हामीले हाम्रा ५ सुत्रिय मागहरु प्रधानमन्त्रीमार्फत बेलायत सरकारलाई दिएका हौ ; न कि एपिपिजिलाई!

यिनै बिषयहरुलाई जोड्दार उठान गर्दै यही ५ डिसेम्बर २०१४ का दिन ब्रिटिश एम्बासी काठमाडौंमार्फत बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गोरखा सत्याग्रह नेपालका प्रवक्ता क्याप्टेन हिमाल राईले जानकारी गराउनु भएको हो।

यस्तैगरी, ६ डिसेम्बर २०१४ का दिन गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालले टेन डाउनिङ स्ट्रिट (लण्डन) परिसरमा समान पेन्सनलगायतका सम्पूर्ण मागहरु पुरा गर्न बेलायत सरकारसंग माग गर्दै ब्रिटिश आर्मी, नेभी र एयरफोर्सका भेटरनहरुसंग संयुक्तरुपमा दवावमूलक र्याली गर्ने कार्यक्रम छ।

ब्रिटिश भेटरनहरुले गोरखाहरुलाई सेवा सुबिधामा बिभेद हुनु निन्दनीय ब्यवहार हो भन्दै आन्दोलनमा एेक्यवद्धता जनाएका हुन्।





Comments

comments

3104